१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइबेरियामा प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु

अ+ अ-

मोन्रोभिया । लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकका सञ्चार माध्यमका अनुसार आक्रमण स्थानीय समय अनुसार हिजो (बिहीबार) बिहानै भएको थियो ।

प्रहरी प्रवक्ता मोसेस कार्टरले एएफपीसँग भने, ‘घटनामा २९ जनाको मृत्यु भएको छ भने भागदौडका क्रममा धेरै मानिसहरूको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या थप ‘बढ्न सक्ने’ देखिएको छ ।’ मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका उनले बताए ।

घटना कसरी सुरु भयो विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोन्रोभियाको मजदुर वर्ग बसोबास गर्ने ‘न्यु क्रू टाउन’ नजिकैको फुटबल ग्राउन्डमा लाइबेरियामा ‘क्रुसेड’ भनेर चिनिने इसाईहरूको प्रार्थनाको लागि जमघट भएको समयमा भागदौड मच्चिँदा ठुलो मानवीय क्षति भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यस्ता जमघटहरू सामान्यतया लाइबेरियामा हजारौँ मानिसहरू भेला हुन्छन् । अधिकांश इसाई धर्मावलम्बी रहेको लाइबेरियामा धर्मलाई विशेष महत्त्व दिने गरिन्छ ।

एक लोकप्रिय धर्मगुरु पास्चर अब्राहम क्रोमाको उपस्थितिमा न्यु क्रु टाउनमा दुई दिने प्रार्थना कार्यक्रमको आयोजना भएको र कार्यक्रममा ठुलो भीड भेला भएको सामाजिक सञ्जालहरूबाट सार्वजनिक तस्बिरहरूमा देखिएको छ ।

चक्कु तथा छुरी प्रयोग गर्ने डाँकूहरूले उपासकहरूलाई आक्रमण गरी तर्साएपछि भाडदौड मच्चिएको स्थानीय सञ्चार माध्यमले कार्यक्रमका सहभागीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेका छन् ।

२६ वर्षीय प्रत्यक्षदर्शी इमान्यूयल ग्रेले एएफपीसँग आफूले घटनाको अन्ततिर ‘ठुलो आवाज’ सुनेको र धेरै मृत शरीर देखेको बताए । लाइबेरियामा मानव सिर्जित हिंसा, दुर्घटना र प्राकृतिक प्रकोप तुलनात्मक रूपमा सामान्य मानिन्छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार लाइबेरियाको मध्य भागमा आयोजित यस्तै प्रार्थना सभामा नोभेम्बर २०२१ मा भएको भागदौडमा दुई नाबालकको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

गत वर्षको जुलाईमा लाइबेरियाको तटीय क्षेत्रमा पानी जहाज दुर्घटनापछि १७ जना बेपत्ता भएका थिए । सन् २०२० को मे महिनामा उत्तर पश्चिमी लाइबेरियाली खानी विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र लाइबेरिया एउटा गरिब देश हो जहाँ सन् १९८९–२००३ सम्म भएको गृहयुद्धमा करिब दुई लाख ५० हजार मानिसको मृत्यु भएको थियो । सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीले पनि देशलाई तहसनहस पारेको थियो ।

विश्व बैङ्कका अनुसार लाइबेरियाको ४४ प्रतिशत जनसंख्याले सरदर प्रतिदिन १।९ अमेरिकी डलरभन्दा कम आय रहेको संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस