५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् सञ्चालनको सम्झौता रद्द गर्ने प्राधिकरणकाे सहमति

अ+ अ-

मार्तडी । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ ।

प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ ।

सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुँदा आएकाले उक्त विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताए ।

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको मण्डलले जानकारी दिए ।

साना जलविद्युत् केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत् केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार १०० बढी विद्युत् सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८०० किलोवाट क्षमताभन्दा बढीको विद्युत् खपत हुने भए पनि सहकारीले २०० किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ ।

त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत् अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरानी बनेका छन् ।

मागअनुसारको विद्युत् पूर्ति गर्न त्रिवेणीले नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ । प्राधिकरणले तीन महिनाभित्र विद्युत् सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस