१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रियल बेटिसको स्पान्योलमाथि सानदार जित

अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगाको तेस्रो स्थानमा आसिन रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियल बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई तथा गुईडो रोड्रिग्वेज र जोस विलियसले गोल गरे । स्पान्योलका राउल डे टोमसको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । राउल डे टोसमले १४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए ।

तर, स्पान्योलको अग्रता लामो समय टिकेन । ३१औँ मिनेटमा बेटिसका बोर्जा इग्लेसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औँ मिनेटमा गुईडो रोड्रिग्वेजले नविल फेकिरको पासमा गोल गर्दै पहिलो हाफमा बेटिसलाई २–१ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि सानदार प्रदर्शन गरेको बेटिसले ५३औँ मिनेटमा तेस्रो गोल गरेको थियो । बोर्जा इग्लेसियसले सर्जिओ कानालेसको पासमा गोल गर्दै बेटिसलाई थप बलियो बनाए । त्यसपछि ७६औँ मिनेटमा जोस विलियसले नविल फेकिरको पासमा गोल गर्दै बेटिसलाई सहज जित दिलाए ।

८१औँ मिनेटमा राउड डे टोमस दोहोरो पहेँलो ९रातो० कार्ड पाउँदै बाहिरिएपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो । सुरुवातमै गोल गरेको स्पान्योल अन्तमा फराकिलो हार खेप्न बाध्य बन्यो । दुई गोल गरेका बेटिसका बोर्जा इग्लेसियस ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै तेस्रो स्थानमा यथावत रहेको बेटिसले २२ खेलबाट ४० अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अङ्क छ । एक खेल कम खेलेको सेभिया ४५ अङ्क सहित दोस्रो स्थानमा छ । पराजित स्पान्योल २७ अङ्क सहित ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस