९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

अ+ अ-

बैतडी । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखी यहाँका पालिकाका नागरिकलाई बारअनुसार सेवा  र खोप कार्ड अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । 

यस्तै, मङ्गलवार दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधवार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । 

बिहीबार पाटन नगरपालिका र शुक्रवार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने जिप्रकाद्वारा जारी सूचनामा उल्लेख छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुनेछ । 

यसैबिच, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि प्रशासनसहित सबै सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरिएको हो । 

गृह मन्त्रालयको निर्देशनानुसार शुक्रवार देखी  सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा पूर्ण खोप लगाएको खोप कार्ड साथमा राख्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्‍याउन हामीले खोप कार्ड अनिवार्य गरेका हौँ ।’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका तर्फबाट हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ । जिल्ला सदरमुकाममा जिल्ला स्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई पनि आग्रह गरिएको छ । 

घरबाहिर  वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । 

यस्तै, कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । उनले भने, ‘सङ्क्रमणको जोखिम कायमै छ, स्वास्थ्यका मापदण्ड पालना गर्न अनिवार्य छ ।’

यसैबिच, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस