७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमडी प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ३ जना भारतीय नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले लिने एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी रहेका नक्कली परीक्षार्थीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलियाका रुपमा सहयोग गर्ने भारतको विहार घर भएका ३४ वर्षीय शशि भुषण सिंह र परीक्षामा अमर्यादित गतिविधि गर्ने बिहारकै ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।

शिक्षा ऐन,२०२८ अनुसार उनिहरुमाथी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । शनिबार सञ्चालन भएको परीक्षामा सहभागी मिश्रा नक्कली परीक्षार्थी भएको सीआईबीको दाबी छ ।

मिश्रा भारतीय चिकित्सक हुन् । उनले एक नेपालीको नाममा प्रवेश परीक्षा दिइरहेको बताइए पनि सीआईबीले ती व्यक्तिको परिचय गोप्य राखेको छ ।

पक्राउ परेका मुरारी भने सक्कली परीक्षार्थी हुन् ।

सीआईबी प्रवक्ता श्याम महतोले कस्तो ‘डिल’मा मिश्राले परीक्षा दिएका थिए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस