९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा मन्त्रालयका उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजनल वन कार्यालय चितवनका डिभिजनल अधिकृत पदमराज नेपाल रहेका छन् ।

कार्यदललाई सो सम्बन्धमा १० दिनभित्र घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्ने, गैँडाको मृत्यु हुने गरी भएको लापरबाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने भए सोको यकिन रायसहित सुझाव पेस गर्ने कार्यविवरणसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस