७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

अ+ अ-

बैतडी । कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् ।

जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् । चार स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए ।

उनले भने, ‘एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा बन्द गरेका हौँ ।’ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रसूति सेवा र आकस्मिक बाहेकका अरु सेवा बन्द गरिएको केन्द्रले जनाएको छ ।

यस्तै कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतका सेवा बन्द गरिएका छन् । अदालतले माघ १८ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएका छ । कोरोनाको जोखिम बढ्दै गएकाले भिडभाड हुन नदिन अति आवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ ।

बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पुर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमित रुपमा सञ्चालन गरिनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेली लगायतका कार्य पनि गरिने जनाइएको छ ।

सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाको नियमित सुनुवाइ गरिनेछ । यी बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको अदालतले जनाएको छ ।

यस्तै जिल्ला अस्पतालमा तत्कालका लागि दन्त सेवा बन्द भएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभए सम्मका लागि सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा चैतन्य जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस