९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनबारे आन्तरिक छलफलमै छौँ, जे हुन्छ संविधान अनुसार हुन्छ’ : मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताए ।

मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकुल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाव दिएको समेत बताए ।

‘कानुनविदहरुले संविधानसँग बाझिएका कानुन संशोधन गरेर संविधान अनुकूल बनाउन सुझाव दिनुभएको छ । सरकार अझै पनि यसबारे परामर्शमै छ । उपयुक्त समयमा निर्णय लिन्छौँ’, मन्त्री कार्कीले भने ।

उनले निर्वाचनजस्तो राष्ट्रिय विषयलाई प्रमुख प्रतिपक्षी दलले राजनीतिक खपतको विषय बनाएको आरोप समेत लगाए । ‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो । प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन । सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्नेछ’, कार्कीले भने ।

उनले संसदको गतिरोध हटाउन सरकारले पर्याप्त पहल गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताए । ‘संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारसँगै प्रमुख प्रतिपक्षी दलको पनि हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस