१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक मर्मतका लागि ध्यानाकर्षण

अ+ अ-

बलेवा । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पुर्‍याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल र एमाले बागलुङका नेता कृष्ण पाठकले ध्यानाकर्षणपत्र बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।

गलुवामा गत असार १ गतेको भीषण पहिरोले क्षति पुगेको सडक नगरपालिकाको स्रोतले मात्रै मर्मत गर्न नसकिने अवस्था भएपछि सडक मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । असार १ गतेबाट बन्द भएको सडक लामो समय बन्द भएर अस्थायी रुपमा चलेको छ ।

वर्षायाममा सडक हुँदै पहिरो निरन्तर बगेपछि रोकथाम पहिलो आवश्यकता रहेको प्राविधिक समूहको भनाइ थियो । ‘हिउँदमा काम चलाउन नगरपालिकाले २० लाख खर्चेर अस्थायी सडक बनाएको छ, वर्षाको समयमा यो टिक्दैन’, पौडेलले भने, ‘यो प्रदेशले विकास गरिरहेकै सडक भएकाले पनि तत्काल योजना बनाएर मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

पहिरो नियन्त्रण र सडक मर्मतका लागि बागलुङ नगरपालिकाका इञ्जिनीयरहरुले रु तीन करोड ४३ लाख ६४ हजारको लागत तयार गरेका छन् । बागलुङ कुश्मीशेरा सडकको तीन ठाउँमा पहिरोले ठुलो क्षति पुर्‍याएको छ । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको वैकल्पिक सडकमा पहिरोले क्षति पुर्‍याएको छ ।

‘अघिल्लो वर्षामा दक्षिणको सडक ठप्प भयो, यो बर्खा सुरु हुनु पूर्व काम गर्नुपर्ने छ’, पौडेलले भने, ‘तत्काल काम नथाले समयमा काम सकिन्न र सडक रोकिन्छ ।’ ध्यानाकर्षपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिए । योजना बनाएर काम थाल्ने आश्वासन दिनुभएका मुख्यमन्त्री पोखरेलले जनताको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए । प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सडक मर्मत र पहिरो रोकथामको काम तत्काल थाल्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस