७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीकोट अस्पतालको आम्दानी बढ्यो

अ+ अ-

मान्म । जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो ।

विद्युतीय बिलिङ प्रणाली सुरु गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृद्धि भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा अस्पतालको आन्तरिक आम्दानी रु नौ लाख दुई हजार थियो ।

‘अस्पताल विकास समितिले सञ्चालन गरेको औषधि पसल, बिरामीबाट लिने सामान्य सेवा र केही भेन्टिलेटर खरिद गर्दा बचेको स्रोतलाई जम्मा गर्दा आन्तरिक स्रोत बढेको हो ‘ उनले भने,’चालू आर्थिक वर्षमा थप वृद्धि हुने लक्ष्य राखेका छौँ ।’

यसभन्दा अघि अस्पतालको आन्तरिक स्रोत हुने आयलाई ऋण सापटी लिने दिने, औषधि खरिद गर्दा खासै चासो नदिने, बिलिङ गतिलो नभएका कारणले विगतमा अस्पतालको आन्तरिक स्रोत नभएको र अहिले विद्युतीय प्रणाली लागू गर्दा सबै क्षेत्रमा सुधार भएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । अधिकृत महतले कालीकोटको स्वास्थ्य अवस्था र समुदायमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस