६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा

अ+ अ-

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

उक्त कार्यक्रमको रु १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। उनले आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका गाउँपालिकाका आठ वटै वडाभित्रका अतिविपन्न नागरिकलाई लक्ष गरेर प्रति परिवार बिमा गर्दाको बीमाङ्क रकम रु तीन हजार ५०० मध्ये रु एक हजार ५०० सम्बन्धित व्यक्ति आफैँले र रु दुई हजार गाउँपालिका व्यहोर्ने गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अध्यक्ष न्यौपानेले बताए ।

गाउँपालिकाभित्रका आठ वटा वडामा स्वास्थ्य बिमाकर्ता परिचालन गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए ।

उनले भने, ‘आठ बिमाकर्ता परिचालन गरेका छौँ । अतिविपन्न नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गर्न भनिएको छ ।’ तातोपानी गाउँपालिका–३ का रेवती रावलका अनुसार अहिलेसम्म यो वडाका ५० अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिसकिएको उनको भनाइ थियो । जिल्लामा ५५ हजार ३५२ नागरिकले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस