८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको विकास गर्न निजी क्षेत्रमा लगानी गर्नुपर्ने : मुख्यमन्त्री राउत

अ+ अ-

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकास गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य सङ्घका नव निर्वाचित पदाधिकारीको हिजो (बिहीबार) राजविराजमा आयोजित पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रको उच्च सम्मान गर्दै उनीहरुको अनुसार नीति तथा कार्यक्रम नल्याएसम्म समृद्धि आउन नसक्ने बताए ।

उनले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताउँदै निजी क्षेत्र जग्गा खरिद गर्न ठुलो लगानी गर्न सक्ने अवस्थामा नभएकाले उद्योग सञ्चालन गर्न समस्या भइरहेको बताए।

लिजमा जग्गा उपलब्ध गराउने सकिने भन्दै विद्युत्मा अनुदान दिने र उद्योग सञ्चालन भएको क्षेत्रमा सुरक्षा दिनेजस्ता कुरा ऐनमा राखिएको उनले बताए।

जनसङ्ख्यामा प्रदेश पहिलो भएपछि अरु क्षेत्रमा पनि मधेश प्रदेशलाई एक नम्बर बनाउने मुख्यमन्त्री राउतले दाबी गरे । विकास, शान्ति सुरक्षा र समृद्धिका मामिलामा मधेश प्रदेश एक नम्बर रहने उनको भनाइ थियो । प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेको र तीन/चार दिनभित्रै नियमावली पारित गरिने उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेश अर्थमन्त्री शैलेन्द्र साहले मलखाद र सिँचाइको समस्याबारे मधेश सरकार संवेदनशील रहेको बताए । नव निर्वाचित उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालप्रसाद अग्रवालको अध्यक्षतामा सम्पन्न भएको पदस्थापना कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान र मायाको चिनो प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री राउतले प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस