१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षणको नाममा बालबालिकालाई गैरकानुनी क्रियाकलापमा लगाइएको गुनासो

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइ दिने, पालनपोषण गरिदिनेलगायत संरक्षणको नाममा गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ ।

बाबुआमा तथा आफ्ना अभिभावकबाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ ।

‘सामाजिक धार्मिक वा अन्य प्रकारका सङ्घसंस्थाको नाममा बालबालिका लिने र उनीहरूलाई विदेश पठाउने, घरेलु कामदारका रूपमा प्रयोग गर्ने, यौन शोषण गर्नेलगायत गैरकानुनी क्रियाकलामा सहभागी गराएको भन्ने गुनासा तथा उजुरी प्राप्त भएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

जारी विज्ञप्तिमा बाबुआमा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत बालबालिकालाई नेपालभित्र एक स्थानबाट अर्को स्थानमा लैजानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने व्यवस्था रहेको उल्लेख छ ।

नेपालबाट विदेश लैजानुपरेमा शैक्षिक प्रयोजनका लागि भए शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्रको आधारमा र त्यस्तो पत्र जारी नहुने हकमा सम्बन्धित स्थानीय प्रशासनको स्वीकृति हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अन्य प्रयोजनका लागि भएमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृतिपत्र भएमा मात्रै लैजान पाउने व्यवस्था रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस