१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान र सीपको प्रयोग गरेर विपद् न्यूनीकरण गर्न सरकार क्रियाशील छ: गृहमन्त्री

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

भर्चुअल माध्यममा भएको विपद् न्यूनीकरणसम्बन्धी कार्यक्रममा गृहमन्त्री खाँणले प्राकृतिक विपद्बाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताए ।

मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाँणले पुर्खाले अवलम्बन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गरे । गृहमन्त्री खाँणले भवन निर्माणको मापदण्ड पालना गर्न आग्रह गरे ।

पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको र नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको बताए ।

गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रियरूपमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले निर्देशन दिए । उनले कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पूर्वसूचना प्रणालीजस्ता नवीन प्रविधिहरूको प्रयोग विपद्को न्यूनीकरणमा लगाउन आवश्यक रहेको बताए ।

समयमै सानो सावधानी अपनाएमा ठूलो विपद्बाट जोगिन सक्ने उनको भनाइ थियो । यस विषयमा मन्त्रालय सकारात्मक रहेको गृहसचिव पाण्डेले
बताए ।

प्रतिक्रिया दिनुहोस