१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै

अ+ अ-

डोटी । पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ ।

रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गण टोली परिचालन भएको छ । प्रहरी टोलीले यहाँका विभिन्न नाका तथा बजार क्षेत्रमा बिना काम हिँडडुल गर्न, घुम्न, जम्मा हुन तथा सभा–सम्मेलन गर्न निषेध गरेको छ ।

जिल्लाभरिमा प्रहरीले तपाईँको ‘मास्क खोइ’ अभियान नै सुरु गरी मास्क वितरण गर्नुका साथै मास्क लगाउन आग्रह गरेको छ । कोरोना भाइरस यहाँका बजारदेखि गाउँघरमा समेत फैलिँदै गएपछि जिल्ला प्रशासनको निर्देशनमा यहाँका प्रहरी टोलीले बजार तथा गाउँघरमै गएर भए पनि तपाईँको ‘मास्क खोइ’ अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उक्त अभियानमा प्रजिअ विष्ट आफैँ सहभागी हुने गरेका छन् ।

यसै गरी प्रहरीले यहाँ सञ्चालन हुने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई समेत मास्क तथा स्यानिटाइजर वितरण गर्न थालेको छ । उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाई बुझाइ गरी मास्क किन्न लगाएर छाड्ने गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्लामा सहर बजारभन्दा पनि गाउँमा सङ्क्रमित हुने बढेपछि स्थानीयवासीमा चिन्ता थपिएको शिखर नगरपालिका–१० का हरिलाल धामीले बताए । उनले भने, ‘गाउँमा कोरोनाबाट जोगिन कसैले पनि सुरक्षा रणनीति अपनाएको देखिँदैन, गाउँमा कोरोना फैलिए स्थिति भयावह हुने भन्दै स्थानीयवासीमा त्रास पैदा भएको छ ।’

प्रतिक्रिया दिनुहोस