९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

अ+ अ-

डोटी । जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ ।

बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।

रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए। उनले भने, ‘कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।’ अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ ।

नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । “रगत आवश्यक परे सिधै प्रहरी र सेनालाई सम्पर्क गर्छौँ”, शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने ।

जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैङ्क) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् ।

रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताए ।

उनले भने, ‘सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।’ सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस