काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयले आज ६३५९ जना डिस्चार्ज भएको जनाएको छ ।
यस्तै कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो पछिल्लो २४ घण्टाको विवरण भने होइन ।
मन्त्रालयले विभिन्न अस्पतालबाट ढिलोगरि मृत्यु भएकाहरुको विवरण आएकाले आज अद्यावधिक गरिएको जनाएको छ ।
आज देशभरि ८३ हजार ९९९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।