७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची खानेपानी आयोजनामा बाँकी काम अघि बढिसकेको छ: मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनामा निर्माण कम्पनी बाँकी काम अघि बढाइसकेको बताएका छन् ।

मन्त्रालयमा हिजो आयोजना भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताए ।

निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उनले जानकारी दिए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिरोका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए ।

सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन ।

आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ ।

उनले भने, ‘अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।’

एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्चीमा आएको बाढी पहिरोको क्षतिको विवरण, कारण र स्थायी समाधानका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको मन्त्री चौधरीले बताए ।

अध्ययन सकिएर आएको प्रतिवेदनका आधारमा कार्ययोजना बनाइने उनको भनाइ छ ।

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न चुस्त र दुरुस्त बनाउन मेलम्ची सहायक परियोजनाअन्तर्गत वितरणका लागि आवश्यक संरचना निर्माण भएको र अहिले परीक्षण भइरहेको उनले बताए ।

उनले भने, ‘वितरण प्रणालीको परीक्षण गर्न बाँकी रहेका ठाउँमा अहिले भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस