८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सो विश्वविद्यालयले हिजो भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो ।

विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा. बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताए ।

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत एक हजार १३१ वटा शिक्षालयमा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले त्यस्तो जनशक्ति उत्पदान गर्न लागिएको उनले जानकारी दिए ।

उक्त बिटेकएड १३६ क्रेडिट आवरको हुने र चारवर्षे कार्यक्रमका लागि करिब छ लाख शुल्क लाग्नेछ । प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ मा भौतिकशास्त्र र गणितलाई मूल विषय बनाए उत्तीर्ण गरेका विद्यार्थी, ९–१२ मा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागी हुन पाउँछन् ।

यस विषय अध्ययनका लागि ४ वर्षमा पाँच लाख ७२ हजार शुल्क निर्धारण गरिएको छ ।

विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आइटी विषयका लागि ३०, सिन्धुली टेक्निकल इन्स्टिच्युटमा आइटीका लागि २० र सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ ।

यस्तै बुटवल टेक्निकल इन्स्टिच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन् । देशभर यस वर्ष सयजना विद्यार्थीले बिटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ ।

सो विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले आउँदो फेब्रुअरी २१ सम्म फारम खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहोस