६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रक चालकहरूद्वारा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन

अ+ अ-

ओटावा । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् ।

ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन् ।

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ ।

उनीहरु झन्डै एक लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्याङ्क देखाइएको छ ।

राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् ।

प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस