८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसियु) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् । डा. विप्लवमणि पोखरेलले उपलब्ध गराएको आइसियु शय्या र सर्जिकल मास्क प्रतिष्ठानको तर्फबाट उनीहरुले प्रदान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका माओवादी केन्द्रका पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्नका लागि अक्सिजन, भेन्टिलेटर र आइसियु शय्या उपलब्ध गराउँदा सहज भइरहेको बताए ।

नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तरीय सेवा पुर्‍याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताइन् ।

प्रतिष्ठानको तर्फबाट यसअघि भरतपुर अस्पताल चितवन, योगी नरहरीनाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलिखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल पर्वत, जिल्ला अस्पताल बागलुङलगायत आइसियु शय्या, सर्जिकल मास्क वितरण गरिसकेको छ ।

डा. पोखरेलको पहल कदमीमा चिनियाँ सङ्घसंस्था र सहयोगीका तर्फबाट प्राप्त १५० वटा आइसियु शय्या सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालमा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस