काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ७९ हजार २७२ सक्रिय सङ्क्रमित छन् भने ८ हजार १९१ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।