९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको समयमा पनि बढ्यो निर्यात

अ+ अ-

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा हिजो यहाँ आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा निर्यात क्षेत्रमा वृद्धि भएको बताए ।

चालु आवको प्रथम ६ महिनाको अवधिमा नेपालको कूल निकासी ९५.५ प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड तथा कूल पैठारी ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको अध्यक्ष गुरुङले बताए ।

‘नेपालको निर्यातमा ५७.८ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेल भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा बढोत्तरी देखिएको छ’, उनले भने ।

अध्यक्ष गुरुङले महासङ्घले उच्च हिमाली तथा पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहमा ऊन मिसन कार्यक्रममार्फत भेडा र च्याङ्ग्रापालनका लागि प्रोत्साहन कार्यक्रम तथा गण्डकी र कर्णाली प्रदेशमा हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने बताए ।

यस्तै काठमाडौँ उपत्यकाभित्र नेपाल सरकार र महासङ्घको साझेदारीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गर्ने, अघिल्लो वर्षको भन्दा थप परिणाम र मूल्यको वस्तु निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने व्यवस्था गर्ने महासङ्घले जनाएको छ ।

च्याङ्ग्रा, पस्मिना, फेल्ट, नेपाल हब्र्स, नेपाली चिया, हिमालय नेपाली कार्पेट, कफिलगायतका सामूहिक ट्रेडमार्कको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने अध्यक्ष गुरुङको भनाइ छ । आव २०७७/७८ को आयमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म आय भएकालाई ७५ प्रतिशत, ५० लाखदेखि एक करोडसम्म आय भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने महासङ्घले जनाएको छ ।

यसैगरी स्वदेशमा उत्पादन गरेको कच्चापदार्थ तथा सहायक कच्चापदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने महासङ्घले जनाएको छ ।

नेपाली निर्यातजन्य वस्तुको उत्पादनका लागि महासङ्घले सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस