काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
उनले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताए ।
मंगलबार काठमाडौँमा खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले यस्तो बताएका हुन् ।
उनले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’