७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना खोप हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको सङ्गठन राष्ट्रिय युवा सङ्घ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ ।

युवा सङ्घका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिना गरेको आरोप लगाइएको छ ।

‘नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्य कोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ, उजुरीमा भनिएको छ, यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८, १७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारबाही गरिपाऊँ ।’

केही दिन पहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवले नै प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा २४ लाख डोज खोपको विवरण मन्त्रालयसँग नभएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री खतिवडासहितका अधिकारीविरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा सङ्घका संयोजक किरण पौडेल, सङ्घका सङ्गठन विभाग प्रमुख क्षितिज थेबेलगायतका नेता उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस