८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु थन्कियो

अ+ अ-

बैतडी । जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो ।

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने, ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चिकित्सकको अभाव छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मङ्सिरमा भेन्टिलेटरसहितको दुई शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा कोरोनाको महामारीमा पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए । उनले भने, ‘जनशक्ति अभावमा उपकरण जडानपछि त्यस्तै थन्किएको छ ।’

श्वासप्रश्वासमा समस्या भएका जटिल खालाका सङ्क्रमितलाई अहिले डडेलधुरा तथा कैलाली जिल्ला पठाउनु परेको र कतिपयको भने त्यहाँ नपुग्दै बाटो नै मृत्यु हुने गरेको थियो । भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन् ।

प्रत्येक पहाडी जिल्लामा दुई वटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुरूप कक्ष सञ्चालनमा ल्याइएको थियो ।

एक लाख ४० हजारले लगाए कोरोना खोप

बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४० हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख ४० हजार २२५ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् । पूर्णरुपमा उक्त खोप लगाउनेको सङ्ख्या भने एक लाख छ हजार २५२ रहेको छ ।

पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २० हजार ८०१ जनाले पहिलो मात्रा र १२ हजार ७९१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी पाटन नगरपालिकामा १५ हजार ३२५ जनाले पहिलो मात्रा र २२ हजार १४२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र सात हजार ४९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै डिलासैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र आठ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुर्नया गाउँपालिकामा नौ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पञ्चेश्वर गाउँपालिकामा आठ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको थियो । यहाँका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप अभियान निरन्तररुपमा सञ्चालन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस