१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् जगदम्बाको ओपिसी सिमेन्ट

अ+ अ-

काठमाडौँ । जगदम्बा सिमेन्टले आफ्नो ओपिसी ब्रान्डमा नेपाल गुणस्तरबाट लागु गरिएको ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पुरा गरी नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ब्रान्डमा ५७२ को प्रमाण–पत्र प्राप्त गरिसकेको जनाएको छ ।

विगत २ दशकदेखि निर्माण जगतमा गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आएको सिमेन्टले साधारण पोर्टल्यान्ड सिमेन्ट(ओपिसी)लाई २८ दिनमा आउने भारवहान क्षमताको आधारमा वर्गीकरण गरिने जनाएको छ ।

३३ ग्रेडको ओपिसी सिमेन्ट २८ दिनमा न्यूनतम ३३ कम्प्रेसिम क्षमता(बल) प्राप्त हुने ओपिसि सिमेन्ट भएको र यो सामान्य खालका संरचनाहरूमा प्रयोग हुने कम्पनीले जनाएको छ । जसको भारवाहान क्षमता अहिले बजारमा पाउने पिपिसी र पिएससी सिमेन्ट बराबर हुन्छ। नेपाल गुणस्तर अनुरूप अहिले बजारमा सिमेन्टको बोरामा ओपिसी मात्र लेखेको बोराहरू ३३ ग्रेड मान्यता पाएका सिमेन्टहरू छन्।

४३ ग्रेडको ओपिसी २८ दिनमा न्यूनतम ४३ कम्प्रोसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो। यो विभिन्न सामान्यदेखि विशेष खालका कङ्क्रिट संरचना निर्माणमा प्रयोग हुन्छ भने यस्ता सिमेन्ट घर, अपार्टमेन्ट, जलविद्युत, पुल, बाटो हरेक प्रकारका निर्माणमा उपयोगी हुन्छ। यसको कम्प्रेसिभ क्षमता ३ दिनमा २३ एमपिए, ७ दिनमा २२ एमपिए र २८ दिनमा ४३ एमपिए न्यूनतम रूपमा हुनुपर्छ। अहिले बजारमा नेपाल गुणस्तर अनुरूप ४३ ग्रेडका सिमेन्टको बोरामा ४३ ग्रेड ओपिसी भनेर लेखिएको हुन्छ।

५३ ग्रेडको ओपिसी २८ दिनमा न्यूनतम ५३ कम्प्रेसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो। यो विशेष संरचना, जहाँ छोटो समयमा धेरै कम्प्रेसिस क्षमता चाहिने संरचनामा प्रयोग हुन्छ। जस्तै, प्री स्ट्रेस्ड कङ्क्रिट, सिमेन्ट ग्राउटस, पुल, विद्युत् गृह निर्माण, बहु तल्ला भवन, कङ्क्रिटमा ३५ एमपिएभन्दा बढी भारवाहन क्षमता चाहिने संरचनाहरू आदि। यसमा ३ दिनमा २७, ७ दिनमा ३७ र २८ दिनमा न्यूनतम ५३ एमपिए क्षमता हुनुपर्छ। अहिले नेपाली बजारमा नेपाल गुणस्तर अनुरूप ५३ ग्रेडको सिमेन्टको बोरामा ५३ रोड ओपिसी भनेर लेखिएको हुन्छ।

यसरी ३३, ४३ र ५३ ग्रेडका सिमेन्टले २८ दिनमा कुनै पनि संरचनालाई थेग्न सक्ने शक्तिको आधारमा वर्गीकरण गरिएको कम्पनीको भनाई छ । जति धेरै बढी ग्रेडको सिमेन्ट भयो त्यति नै छोटो समयमा धेरै क्षमताको शक्ति तथा सिर्जना हुने र बढी ग्रेडका सिमेन्ट प्रयोग गर्दा बढी ताप उत्पन्न हुनाले कङ्क्रिटसँगै क्युरिङ (पानीले भिजाउने) कार्यलाई पनि विशेष ध्यान दिनुपर्ने कम्पनीले जनाएको छ । सिमेन्टको ग्रेड अनुरूप बजार मूल्य पनि फरक हुन्छन्।

यसबाहेक जगदम्बा सिमेन्टका अन्य उत्पादनहरू पिपिसी र पिएससी सिमेन्टहरूले नेपाल गुणस्तर चिन्ह प्राप्त छन्। जगदम्बा सिमेन्ट नेपालका उत्पादनहरूले नेपाल गुणस्तरबाट ३ पटक लगातार एनएस प्रमाणपत्रबाट पनि सम्मानित भएको छ।

प्रतिक्रिया दिनुहोस