६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

अ+ अ-

भजनी । कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन् ।

प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । पछिल्लो समय आफैँले बनाएको कानुन कार्यान्वयनमा यहाँका जनप्रतिनिधि चुकेका छन् ।

टीकापुर नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार एउटा अधिवेशन समाप्ति र अर्को बैठक प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी नहुने उल्लेख छ । सो कार्यविधिअनुसार नगरपालिकाले पुस महिनाभित्र अर्को अर्थात् हिउँदे अधिवेशन गरिसक्नुपर्ने भए पनि माघ महिनाको तेस्रो साता भइसक्दासमेत अधिवेशन बोलाउने कुनै तयारी नगरपालिकाले गरेको छैन ।

नगर प्रवक्ता दीर्घबहादुर ठकुल्लाले हिउँदे अधिवेशन पुस महिनामै बोलाउनुपर्ने भए पनि नगरसभाका लागि आवश्यक ‘एजेन्डा’ तय नभइसकेका कारणले पनि ढिलाइ भएको बताएका छन् ।

‘अधिवेशन बोलाउने नगरप्रमुखले हो, अहिलेसम्म नगरसभा बोलाउनेबारे कुनै छलफल पनि भएको छैन’, उनले भने, ‘हामीले भनेर हुँदैन, माघमा पनि अधिवेशन बोलाउने सम्भावना निकै कम भइसकेको छ । सम्भवत हिउँदे अधिवेशन फागुनमा हुन्छ होला ।’

उनले नगरपालिकाले भर्खर चालु आर्थिक वर्षको आयोजनाको बोलपत्र प्रक्रिया सुरु भएकाले बोलपत्र हुन नसकेका र योजना फेरबदल गर्नुपर्ने हुनसक्ने भएकाले पनि हिउँदे अधिवेशन सुरु हुन समय लागेको जानकारी दिए ।

नगरसभा तथा गाउँसभा बोलाउनुभन्दा १५ दिन पहिले नगरप्रमुख वा अध्यक्षले सूचना जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाको केही स्थानीय तहले कार्यान्वयन गरेको भए पनि केही जनप्रतिनिधि सो व्यवस्थाको जानकारी नभएको जस्तो समेत गर्दै आएका छन् ।

भजनी नगरपालिकाले पनि हिउँदे अधिवेशनको कुनै तयारी गरेको छैन । नगरपालिकाले यही माघ महिनाभित्रै नगर अधिवेशन गर्ने बताए पनि नगरसभाको कार्यविधिअनुसार माघमा सम्भव देखिएको छैन ।

नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए ।

‘माघ महिनामा हिउँदे अधिवेशन गर्ने तयारी थियो । सङ्क्रमणका कारण प्रभावित भएको छ । हामी नगरसभाको उद्घाटन त माघ महिनाभित्रै गर्छौँ’, उनले भने, ‘गत वर्षभन्दा हामी ढिलो पक्कै पनि भएका छौँ, तर पनि यसले कुनै समस्या ल्याउलाजस्तो लाग्दैन र अर्को कुरा यस वर्ष पार्टीका अधिवेशनले पनि पुसमा गर्नुपर्ने अधिवेशन ढिलो भएको हो ।’

जानकी गाउँपालिकाले पनि गाउँसभा बोलाउन सकेको छैन । गाउँ कार्यपालिकाको बैठकले माघ २० देखि २५ गतेभित्र गाउँसभा बोलाउने निर्णय भएको जनाएको छ। गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले विगतका वर्षहरूमा पनि गाउँसभाको हिउँदे अधिवेशन माघ महिनामै गर्दै आएको बताए ।

‘हिउँदे अधिवेशनका लागि निर्णय गरिसकेका छौँ । माघ २० देखि २५ सम्म गाउँसभाको उद्घाटन हुन्छ । सकेसम्म माघ महिनामै नभए आगामी फागुन पहिलो सातासम्म अधिवेशन सम्पन्न गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस