काठमाडौँ । सर्वोत्तम सिमेन्ट र सर्वोत्तम स्टिल लिमिटेडले ‘सर्वोत्तमको न्यानो सौगात’ योजना ल्याएको छ । सौरभ ग्रुप अन्तर्गत सञ्चालित कम्पनीका ठेकेदारलाई लक्षित गर्दै आयोजना गरिएको प्राविधिक भेटघाट कार्यक्रममार्फत उक्त योजनाको शुरुवात गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका भाइस-प्रेसिडेन्ट सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिष्टर गराए बापत सर्वोत्तम स्टीलको तर्फबाट ट्रयाक-सुट उपहार तथा सार्वोत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा पाउनेछन् ।
हाललाई काठमाडौँ, ललितपुर र भक्तपुरका एक हजार जना ठेकेदारहरूका लागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको उनको भनाई छ ।
कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग गर्दा अपनाइने प्राविधिक पाटोका बारेमा जानकारी गराएका थिए । उनले भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउन सकिन्छ भन्नेबारेसमेत सहभागीहरूलाई जानकारी गराएका थिए ।

साथै सिमेन्टको प्रयोग प्राविधिक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन जान्छ भन्ने बारेमा पनि उनले जानकारी गराएका थिए ।
सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वोत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्रान्डका सिमेन्टहरू नेपालभर सर्वत्र बिक्री(वितरण गरिरहेको छ।
ओपिसि ४३ र ५३ ग्रेडका साथै पिपिसि सिमेन्टको पनि उत्पादन तथा बिक्री–वितरण गर्ने यो एक मात्र सिमेन्ट कम्पनी हो।
साथै सर्वोत्तम स्टिल एफइ ५०० फलामे डन्डी नयाँ जमानाको फलामे डन्डी हो जसले सर्वोत्तम लचकता तथा मजबुतीलाई एक समान रूपमा प्रस्तुत गरेको छ। यो फलामे डन्डी आफ्नो डायमन्ड रिबका कारण सामान्य फलामे डन्डी भन्दा निकै फरक रहेको कम्पनीले जनाएको छ ।