९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमण दर घट्दै, स्वास्थ्यमा मापदण्ड उल्लङ्घन बढ्दै

अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।

सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ । माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको सङ्क्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ ।

माघ ८ गते २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ मा सङ्क्रमण पुष्टि भएको थियो । माघ १९ गते बुधबार ११ हजार ५८२ परीक्षणमा तीन हजार ६३७ जनामा सङ्क्रमण भएको थियो । यस्तै हिजो (बिहीबार) १२ हजार ६०५ जनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको थियो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण दरको अनुपात घटेको बताए । मानिसमा खोप लगाउने र रोग प्रतिरोधात्मक क्षमता बढेकाले सङ्क्रमणमा कमी आएको उनको भनाइ थियो । उनले सङ्क्रमण दरको अनुपात घटे पनि जोखिम भने बढेको बताए । माघ १९ गते सात हजार ५५५ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । अहिले निको हुने दर ९१.६ प्रतिशत पुगेको छ ।

सबभन्दा धेरै सङ्क्रमण माघ ६ गते २७ हजार ४९७ परीक्षणमा १२ हजार ३३८ सङ्क्रमण पुष्टि भएको थियो । सक्रिय सङ्क्रमित ५७ हजार ३२८ जना रहेका थिए । उक्त दिन सङ्क्रमणको दर ४४.९ प्रतिशत रहेको थियो । सङ्क्रमण दर माघ ११ गतेदेखि ओरालो लागेको छ ।

माघ ११ गते कूल परीक्षण गरिएकामध्ये ४६.३ प्रतिशतमा रहेको सङ्क्रमण दर क्रमशः ओरालो लागेको मन्त्रालयले जनाएको छ ।

माघ १२ गते ४१.५ प्रतिशत, माघ १३ गते ३६.८ प्रतिशत, माघ १४ गते ३४.४ प्रतिशत, माघ १५ गते ३३.७ प्रतिशत, माघ १६ गते २६.९ प्रतिशत, माघ १७ गते ३२.९ प्रतिशत, माघ १८ गते ३१.६ प्रतिशत रहेको छ ।

सङ्क्रमण दर कम हुन थालेपछि जनजीवन सामान्य बन्दै गएको छ । सरकारले सङ्क्रमण दर बढ्दै गएपछि माघ ६ गतेदेखि उपत्यकामा सवारीसाधनमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्रणाली लागू गरेको थियो तर अहिले भने सङ्क्रमण दर घट्दै गएपछि भने भाडाका सवारी साधनबाहेक सबैमा जोर र बिजोर प्रणाली लागू गरेको छ ।

मानिसमा सङ्क्रमण घट्दै गए पनि स्वास्थ्यका मापदण्ड भने लागू नगरेको पाइएको छ । भिडभाडमा जाने, मास्क नलगाउने, साबुन पानीले हात नधुने तथा सेनिटाइजर प्रयोग नगर्ने, भौतिक दूरी कायम नराख्ने जस्ता क्रियाकलाप भइरहेको छ ।

हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, आइसियुमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदै छ । कोभिड–१९ केन्द्रीय युनिफाइड (वीर अस्पताल) अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले अहिल्यै अस्पतालमा आउने सङ्क्रमितको सङ्ख्या आधाले घटेको बताए ।

उनका अनुसार पहिले दैनिक ३० देखि ४० सङ्क्रमित आउने गरेकामा अहिले १५ देखि २० मात्रा आउने गर्दछन् । उनी कोरोना भाइरस विरुद्धको खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गरेकाले सङ्क्रमित हुने सङ्ख्या घटेको बताउँछन् । अस्पतालमा अहिले १६३ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ३५ को सघन उपचार कक्ष (आइसियु), आठको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी बल अस्पतालमा २० हाई डिपेन्डेन्सी युनिट (एचडियु), पाँच आइसियु र एक भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई आइसियु र दुई भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सरकारले निरन्तर कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । अहिले पनि १२ वर्षदेखि माथिका सबैलाई खोप लगाउनका लागि अभियान नियमित सञ्चालन छ । पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइरहेको छ ।

अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मध्ये तीन करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ । यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइसकेका छन् ।

अहिलेसम्म लक्षित जनसङ्ख्यामध्ये ८६.१ प्रतिशतले पहिलो मात्रा र ७४.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्याको ५६.४ प्रतिशतले पहिलो मात्रा र ४८.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सरकारको आगामी चैत मसान्तभित्र लक्षित सबै जनसङ्ख्यालाई खोप लगाउने योजना रहेको छ । अहिले सार्वजनिक ठाउँमा खोप लगाएको कार्ड अनिवार्य गरिएपछि सबै नागरिकले खोप लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस