८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा पाँच स्थानीय तह र भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

अ+ अ-

कञ्चनपुर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख सुशीला चन्द सिंह, बेलडाँडी गाउँपालिकाका तर्फबाट अध्यक्ष धनबहादुर थापा तथा लालझाडी गाउँपालिकाका तर्फबाट अध्यक्ष मदनसेन वडायकले कार्य सहमति पत्रमा बिहीबार साँझ महेन्द्रनगरमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा आयोगका विज्ञ सदस्य शाहले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन कार्य अगाडि बढाइसकेको बताए ।

केही जिल्लामा आयोगका जिल्ला समिति गठन भई कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै उनले केहीसँग सहमतिपत्रमा हस्ताक्षर हुने क्रम जारी रहेको बताए ।

जग्गा नाप जाँचका लागि जनशक्ति आयोगले व्यवस्थापन गर्न लागेकामा जोड दिँदै उनले थप जनशक्तिका लागि स्थानीयवासीले व्यवस्थापन गर्नुपर्ने बताए । विगतका आयोगले गरेका अधुरा कार्यबाटै नयाँ काम सुरु हुने उनको भनाइ थियो ।

आयोगका जिल्ला समिति अध्यक्ष ढुङ्गानाले कार्यालय व्यवस्थापनको कार्य भइरहेकाले विगतमा भएका कार्यको अध्ययन गरी द्रुतगतिमा काम अगाडि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस