१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२१ मा जापानमा बाल दुर्व्यवहारको घटनामा वृद्धि

अ+ अ-

टोकियो । जापानमा सन् २०२१ मा दुई हजार १७० बाल दुर्व्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् ।

यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले वृद्धि हो । कोरोनाभाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)ले बिहीबारको रिपोर्टमा जनाएको छ ।

एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अभिभावकले दुर्व्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो ।

अघिल्लो वर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ ।

एनपीएका अधिकारीले भने, ‘कोरोनाभाइरस महामारीले बालबालिकामाथि निगरानी राख्ने अवसरहरूलाई सीमित गर्ने डर छ, त्यसैले हामी दुर्व्यवहार पत्ता लगाउन सम्भव भएसम्म निगरानी गरिरहनेछौँ ।’

तथापि, यो अवधिमा जापानमा समग्र अपराधको सङ्ख्या पाँच लाख ६८ हजार १४८ रेकर्ड गरिएको छ । यो सङ्ख्या लगातार सातौँ वर्षसम्म निरन्तर घटिरहेको एनपीएले बताएको छ ।

हत्या र डकैतीजस्ता गम्भीर अपराधहरू १.३ प्रतिशतबाट घटेर आठ हजार ८२३ भए तापनि अपहरणका घटनाहरूमा १५.४ प्रतिशतले कमी आई ३८९ कायम भएको उक्त रिपोर्टले देखाएको छ ।

एनपीएले कूल ८३ हजार ०३५ घरेलु हिंसा रेकर्ड गरिएको र परामर्श भएको कुरा पनि बताएको छ ।

नाबालिगलगायत झन्डै २० हजार अनलाइन परामर्शहरूमा सहभागिता जनाएको तथ्याङ्कले देखाएको छ ।

यसबाहेक जापानमा साइबर अपराधको घटना २४.३ प्रतिशतले बढ्दा १२ हजार २७५ पुगेको प्रहरी अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस