काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
९ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ती सङ्क्रमित पुष्टि भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८७०४ जना डिस्चार्ज भएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमित सङ्ख्या ४५ हजार ३४८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ७९ हजार ९५९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।