९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को गत्यावरोध हटाउन सभामुखको आग्रह

अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् ।

सभामुखको कार्यकक्षमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् ।

संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गरेका हुन् ।

सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ ।

राष्ट्रिय महत्वका विविध विषयमा संसद्मा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा जनप्रतिनिधिको थलो संसद्ले नियमित काम गर्न नपाएको भन्दै सभामुखले सहमतिका साथ सबै दल प्रस्तुत हुन आग्रह गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा पनि संसद्को गत्यावरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस