५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो सोलारको १७ मेगावाट बिजुली

अ+ अ-

नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनामा १७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपेको छ ।

सोलार आयोजनाले हालै उक्त विद्युत् ग्रिडमा थपिएको जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो ।

२५ मेगावाट जडित क्षमता रहेको आयोजनामा ८ मेगावाटको काम भइरहेको छ । नयाँ वर्षबाट उक्त ८ मेगावाटबाट समेत विद्युत् थपिने आयोजना प्रमुख विकासबहादुर रघुवंशीले बताए । चीनको राइसेन इनर्जी कम्पनीले ठेक्कामा लिई सोलार पावर राख्न लागेको हो ।

सोलार पावर ६ वटा ब्लकमार्फत बिजुली निकालिने आयोजनाले जनाएको छ । सोलार प्यानल राखी त्यसमार्फत दिउँसो उत्पादित बिजुली सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । दैनिक सरदर ५ घण्टा सोलारबाट बिजुली उत्पादन दिने प्राधिकरणले जनाएको छ ।

२५ मेगावाटका लागि ५ सय रोपनी जग्गामा सोलार प्यानल रहने आयोजनाको भनाइ छ । यो नेपालकै सबैभन्दा ठुलो सोलार आयोजना हो । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्नेछ ।

प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे जस्ता विद्युत् केन्द्र जुन अर्धजलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।

बेलुका र बिहान पिक आवरमा बढी माग हुने समयमा ती विद्युत् केन्द्र सञ्चालन गर्न मद्दत पुग्नेछ । पिक आवरमा विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने प्राधिकरणको अपेक्षा छ ।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । नेपाल सरकार र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण लगानीमा सोलार पावर निर्माण भइरहेको छ ।

सोलार आयोजनाको लागत ३ अर्ब ८० करोड रुपैयाँ छ । ३ वर्षअघि तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २५ मेगावाटको सोलार प्लान्ट विनपा ३ स्थित देवीघाट जलविद्युत् केन्द्र परिसरमा गरेका थिए ।

नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र सातबिसेमा रहेको तादी ५ मेगावाटको क्षमताको जलविद्युत् केन्द्र सञ्चालनमा छन् । ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस