९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्जन बढी सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले दर्जन बढी सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार साँझ सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको को अतिरिक्त समूहमा रहेका प्रेमराज गिरी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको वासुदेव रेग्मीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्ण प्रसाद न्यौपानेको वाणिज्य तथा आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय धनुषा,महेश आचार्यको अर्थ मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय जनकपुर, उद्धव रिजाल सामान्य प्रशासनको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र ईश्वर राज गिरी अतिरिक्तबाट प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विराटनगरमा सरुवा भएको छ ।

यस्तै नविनराज सिंहलाई जल तथा ऊर्जा आयोगबाट प्रदेश नं. १ को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनुज भट्टचन स्वास्थ्य तथा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय प्रदेश नं. १, टेक बहादुर केसी लोक सेवा आयोग तथा अन्तर्गतबाट प्रदेश प्रमुखको कार्यालय गण्डकी, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय गण्डकीबाट प्रदेश लोक सेवा गण्डकी, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय, गण्डकी र श्रीराम तिवारीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य, मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको प्रशासनलाई जानकारी प्राप्त भएको छ ।

मन्त्रालयले रामशरण सापकोटालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूर पश्चिम, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. २, बलराम निरौला अतिरिक्तबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती, महेशचन्द्र न्यौपानेलाई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनीबाट लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रामहरि ज्ञवालीलाई अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार भए पनि आइतबार रातिको काँटछाँटपछि घटेर १७ जनाको नामावली प्राप्त भएको छ । अझै पनि केही थपघट हुने सक्ने स्रोतले जानकारी दिएको छ ।

पछिल्ला केही दिनहरूमा प्रशासनिक भन्दा पनि राजनीतिक प्रक्रियाबाट कर्मचारीको सरुवा हुन थालेको छ । जसले कामको मूल्याङ्कनका आधारमा भन्दा ‘दाम’ र ‘गणेश’ प्रवृत्तिको पुनरावृत्ति हुन थालेको भन्दै प्रशासनविद्हरू चिन्तित छन् ।

कर्मचारीलाई सबैभन्दा धेरै चिन्ने र सहसचिवसम्मको मुल्याकंन सचिव तथा सचिवहरूको मुख्यसचिवलाई नै अझ बढी जानकारी हुने भए पनि कर्मचारीतन्त्र भित्रको बढ्दो राजनीतिकरणले उनीहरू फड्के किनाराको साक्षी जस्तै बन्न पुगेका छन्, जुन सीमित ‘अवसरवादी’, ‘कामचोर’ तथा ‘नाफाखोर’ प्रवृत्तिका कर्मचारीका लागि त फाइदै होला तर सिङ्गो स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रका लागि भने घातक साबित हुनेतर्फ सम्बद्ध पक्ष सचेत हुन जरुरी छ ।

साथै सरकार परिवर्तनै पिच्छे पहिलो कामका रूपमा लिइने कर्मचारीको सरुवालाई राजनीतिक आस्थासँग जोडेर र शक्ति तथा भक्तिका आधारमा गरिन थालेपछि कर्मचारी मात्र कर्मचारी नभई दलको अघोषित कार्यकर्ता जस्तो बन्नुपर्ने बाध्यता एकातिर आइलागेको छ भने त्यसले सेवा प्रवाहमासमेत त्यतिकै असर पारेको तर्फ कमैको ध्यान गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस