१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ: मुख्यमन्त्री पोखरेल

अ+ अ-

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन् ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए ।

उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताए।

उनले चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकारे ।

मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बोलपत्र गरेका योजनामा आफ्नो सरकारले बजेट हाल्नुपर्दा सोचअनुरुपका योजना अधुरा रहेको चर्चा गरेका थिए ।

केन्द्र सरकारसँग ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उनले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गरेका थिए ।

स्मृति दिवसमा उत्कृष्ट अङ्क ल्याएर पास भएका जेहेन्दार विद्यार्थी, समाजिक व्यक्ति, पत्रकार, जनप्रतिनिधि, ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने दीर्घरोगीलाई उपचार खर्च वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस