१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ ।

फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो ।

आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको छ ।

जसअनुसार ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री तथा तरकारी खेती नमूना प्रदर्शनीका लागि ४७ वटा प्लाष्टिक पोखरी निर्माणको सामग्री वितरण गरिएको छ । सो क्रममा आयोजनाले भकुण्डेबेँसीमा रहेको कृषि उपज सङ्कलन केन्द्रमा रहेका चारवटा स्टलका लागि तरकारी राख्ने १०० क्रेट वितरण गरिएको छ ।

प्राप्त सामग्री नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कृषि समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष मेलबहादुर लामा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्यायलगायतले आयोजनाबाट प्राप्त सामग्री किसानलाई हस्तान्तरण गरेका छन् ।

नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाअन्तर्गत चालु आवमा वडा नं ३ र वडा नं १० मा कृषि सिकाइ केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । सो आयोजनामा नगरपालिकाका सबै वडाका गरी १९ वटा किसान समूह आवद्ध छन् । आयोजनाअन्तर्गत नै नगरपालिकाको भकुण्डेबेँसीमा गत वर्षदेखि कृषि उपज सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ ।

प्राप्त कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको उचित सदुपयोग गरेर कृषि विकासको क्षेत्रमा योगदान दिन किसानलाई आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले विगतमा पनि कृषि सामग्री वितरण गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए । त्यससँगै आयोजनाबाहेक नमोबुद्ध नगरपालिकाले यस वर्षका लागि विनियोजन गरेको बजेटबाट पनि आवश्यक कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस