९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्य’

अ+ अ-

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताएका छन् ।

शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा सानोठिमीमा आयोजना भएको कार्यक्रममा उनले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो ।

नेपालमा सार्वजनिक शिक्षा कमजोर छ भन्ने आम क्षेत्रमा धारणा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले शिक्षाको गुणस्तर सुधारेर त्यसको जवाफ दिने बेला आएको बताए।

सरोकारवालासँगको वार्ता र संवादबाट शिक्षा क्षेत्रलाई गतिशील बनाउन सकिने भन्दै उनले मन्त्री पौडेलले सबैमा सार्वजनिक शिक्षा सुधार्ने सङ्कल्पका साथ एकीकृत सक्रियता अगाडि बढाउनुपर्ने आवश्यक रहेकोमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षक सेवा आयोगले लोकसेवा आयोगले जस्तै विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिए।

त्यसअवसरमा मन्त्रालयका सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश आचार्यले सङ्घीय शिक्षा ऐन निर्माणको आवश्यकता औँल्याए ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले विधिमा आधारित रहेर आयोगले वार्षिक कार्ययोजना बनाएर काम गरिरहेको भनाइ राखे ।

आयोगका सदस्य नन्दकुमारी महर्जन र नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आयोगले निष्पक्ष ढङ्गले उत्कृष्ट शिक्षक छनोट गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस