११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । कञ्चनपुरका सांसदहरुले निर्माणाधीन विभिन्न संरचना समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सांसद्हरु निरुदेवी पाल, डा दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना चाँडो निर्माण गर्न ध्यानाकर्षण गराएका हुन् ।

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुल निर्माण पुनः अघि बढाउन उनीहरुले माग गरेका छन् । ‘पुल चाँडो बनाउन हामीले माग गरेका छौँ, तीन चार महिनादेखि काम ठप्प छ’, सांसद धामीले भने । तीनै सांसदले विगतमा ठेक्का भएका कतिपय पुलको निर्माण प्रक्रिया अझै अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

तीन÷चार वर्ष अघि योजनामा परेका अरु पुल प्रक्रियामा नै नगएको भन्दै त्यसलाई अघि बढाउन आग्रह गरिएको सांसद् धामीले बताए ।

सचिव श्रेष्ठले महाकाली पुल जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे । सरकारले चार वर्ष अघि महाकाली नदीको दोधारा–चाँदनीलाई जोड्ने गरी पक्की पुल निर्माण थालेको हो ।

प्रतिक्रिया दिनुहोस