९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्ने

अ+ अ-

पेरिस । फ्रान्सले खोप लगाएका युरोपेली सङ्घ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ ।

दैनिक रुपमा सङ्क्रमणको सङ्ख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताएका हुन् ।

‘डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुपर्‍यो। आगामी दिनहरूमा हामी खोप लागेका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्नेछौँ,’ बेउनले फ्रान्स २ टेलिभिजनसँग बताए ।

हाल बेलायतलगायत इयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भए पनि ४८ घण्टा पहिले कोभिड सङ्क्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने भएको व्यवस्था छ ।

“यो हप्ता सम्भवतः सजिलो उपायका साथ, युरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्नेछ,” उनले थपे।

युरोपेली सरकारका सदस्यहरू विशेष गरी युरोपेली समूह राष्ट्रभित्रको सिमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।

ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले युरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण सङ्क्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधानलाई लागू गरेका थिए ।

उनीहरूले आफ्नो मुलुकमा प्रवेशका लागि राखेका नयाँ प्रावधानहरू साथै खोप प्रमाण लागू गर्न उत्प्रेरित गरेपछि यस निर्णयले ब्रसेल्सका अधिकारीहरू बेखुसी बनेका थिए । यद्यपि यसलाई पछि अन्य युरोपेली मुलुकहरूले पनि नक्कल गरेका थिए ।

फ्रान्सेली अधिकारीहरूले यस महिनामा कोभिड प्रतिबन्धको शृङ्खला हटाउन थालेका छन् । फ्रान्समा फेब्रुअरी १६ देखि अवरुद्ध बनेका रात्रिक्लबहरू कन्सर्ट र खेलका साथसाथै बारलाई पुनः खोल्ने तयारी गरिरहेको छ ।

सोमबार फ्रान्समा ४६ हजारभन्दा बढी सङ्क्रमित भएको पुष्टि गरिएको थियो । यसै वर्षको जनवरीको मध्यतिर प्रतिदिन चार लाख ६५ हजारभन्दा बढी संक्रमणहरूको रेकर्ड गरेको फ्रान्समा ४६ हजार सङ्क्रमित हुनुलाई सामान्य मानिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस