९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटे बाघ गणनाका लागि बाँके–बर्दियामा जडान गरिएका १७ क्यामरा हराए

अ+ अ-

नेपालगन्ज । पाटे बाघ गणनाका लागि बाँके–बर्दिया कम्प्लेक्समा प्रयोगमा ल्याइएका १७ वटा अत्याधुनिक क्यामरा हराएका छन् ।

‘ए ब्लक’का नौ वटा ‘सी ब्लक’का चार–चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिलेसम्म जङ्गलमा राखिएका ६ वटा क्यामरामा हात्तीले क्षति पुर्‍याइदिएको छ ।

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रविधियुक्त स्वचालित क्यामराहरु चोरी हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया प्रमुख डा. रबिन कडरियाले बताए ।

‘एउटा क्यामरालाई ४० हजारभन्दा बढी मूल्य पर्छ । क्यामरा हराउँदै जाँदा आर्थिक भार समेत बढ्दै जान्छ । गणनाका प्रयोग भएका क्यामराहरु बाहिरका मान्छेलाई काम लाग्दैनन्,’ कडरियाले भने, ‘बाघको फोटो खिचेपछि क्यामरा हराउँदा फेरि अर्को क्यामरा राख्नुपर्दा गणनामा समेत प्रभाव पार्छ ।’

बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । ए र बी नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ भने सी ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । डी नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

अहिलेसम्म बाँके–बर्दिया कम्प्लेक्सका चार वटा ब्लकमध्ये दुई ब्लकमा बाघ गणना भइसकेको छ । भने सी ब्लकमा अहिले बाघ गणनाको काम चलिरहेको छ ।

क्यामरा ट्र्यापिङ विधिबाट बाघको गणना भइरहेको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । ‘अहिले सी ब्लकमा काम चलिरहेको छ,’ उनले भने, ‘केही दिनमा डी ब्लकमा समेत प्राविधिक टोली खटिनेछन् ।’

बाँके–बर्दियामा बाघ गणनाका लागि सात टोलीमा ४२ जना प्राविधिकहरू खटिएका छन् । यसअघि चितवनमा भएको गणनामा प्रयोग भएका ५ थान क्यामेरा चोरी भएका थिए ।

सन् २०१८ को तथ्यांकअनुसार बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ रहेका थिए । बाघको आक्रमणबाट बाँकेमा मात्रै हालसम्म ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस