१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२९ सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मङ्गलवार साँझ विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेका हुन् । मन्त्रालयले केही दिन अघि सरुवा गरिएका दर्जन बढी सहसचिवहरुलाईसमेत यसै सरुवामा मिसाएर निर्णय गरेका छन् । यसअघि प्रशासन डटकमले प्रकाशन गरेको सुचीअनुसार केहीको फेरबदल भएको छ भने बाँकी यथावत् राखिएको छ ।

सम्बन्धित समाचार : दर्जन बढी सहसचिवको सरुवा

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार सहसचिव यज्ञ प्रसाद ढुङ्गेलको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाबाट रक्षा मन्त्रालय, श्रीकृष्ण नेपालको अर्थ मन्त्रालयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश, नेत्र प्रसाद सुवेदीको राष्ट्रिय कितावखानाबाट सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, प्रेमराज गिरीको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।

यसै गरी अण प्रसाद न्यौपाने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, महेश आचार्य अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, उद्धवप्रसाद रिजाल अतिरिक्त समूहबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ र ईश्वर कुमार गिरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नंं. १ विराटनगरमा सरुवा भएको छ ।

प्रशासनलाई प्राप्त जानकारी अनुसार अनुज भट्टचन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरबाट स्वास्थ्य मन्त्रालय, प्रदेश नं. १, नवीन राज सिंह जल तथा ऊर्जा आयोगबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश नं. १, माधव प्रसाद पोखरेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ बाट उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं. १, टेक बहादुर के.सी. लोक सेवा आयोगबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय पोखराबाट प्रदेश लोक सेवा आयोग पोखरा, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय गण्डकी, श्रीराम तिवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय गण्डकीमा सरुवा गरिएको छ ।

जक्की अहमद अन्सारी खानेपानी मन्त्रालयबाट पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश, वैकुण्ठ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि मन्त्रालय लुम्बिनी प्रदेश, राम शरण सापकोटा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेश, रामहरि ज्ञवाली अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेश, जगदीश्वर कर्माचार्य वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कर्णाली प्रदेश, महेशचन्द्र न्यौपाने पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, बलराम निरौला अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय जनकपुर, नारायण सापकोटा अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

त्यस्तै प्रेमलाल लामिछाने रक्षा मन्त्रालय वा अन्तर्गतबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, यम प्रसाद भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, कुमार प्रसाद दाहाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र डा. शान्ता कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

सरुवा भएका सहसचिवहरूको पत्र तयार हुँदै गर्दा केहीको फेरीपनि हेरफेर हुन सक्ने सम्भावना रहेको मन्त्रालय उच्च स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस