१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन सह-न्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह-न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध आज (बुधबार) भ्रष्टाचार मुद्दा दायर गरेको हो।

निलम्बित सह-न्यायाधिवक्ता थापासँग ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन् ।

थापा २०४५ साल असार ५ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७५/२०७६ सम्ममा स्रोत नखुलेको उक्त बराबरको सम्पत्ति आर्जन गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।

यो अवधिमा उनले वैध आय १ करोड ७६ लाख ७६ हजार १२० रुपैयाँ आर्जन गरेका थिए।

तर आयको अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेको, खर्च तथा लगानी २ करोड ३८ लाख ७८ हजार १९७ रुपैयाँ देखिएको भण्डारीले बताए।

‘राष्ट्रसेवक भएपश्चात् के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टि गर्न नसकी गैर कानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको हुँदा मनासिव कारणबिना निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखियो,’ अभियोग पत्रमा भनिएको छ।

आर्जित सम्पत्ति थापाले श्रीमती अन्जु खड्का थापाको नाममा राखेको पाइएको छ। त्यस्तो सम्पत्ति ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवम् विभिन्न बैङ्कहरूमा जम्मा गरेको देखिएको अख्तियारको दाबी छ ।

थापालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम स्रोत नखुलेको सम्पत्ति असुल तथा जफत गरी पाउन माग दाबी लिइएको छ ।

मुद्दामा श्रीमतीलाई पनि प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन माग दाबी लिइएको छ ।

प्रतिक्रिया दिनुहोस