७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौँको मेयरमा उठ्छु : विद्यासुन्दर शाक्य

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेकपा एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् ।

काठमाडौँ महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा आज (बिहीबार) महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् ।

शाक्यले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् ।

शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए । ‘आगामी निर्वाचनका लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो, उनले भने, महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौँ महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ ।

महानगर प्रमुख शाक्यले विकास निर्माणका काम निरन्तर रूपमा चल्ने बताए । विकास निर्माण अब सकियो भन्ने नहुने उनको भनाइ थियो । आफ्नो कार्यकालका उपलब्धिबारे उनले भने, हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’

शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीतिअनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने प्रतिबद्धता जनाए ।

‘काठमाडौँ महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सहर हो । जता हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरू प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रा लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवर्द्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ, शाक्यले भने, त्यहीँअनुसार हामीले सुरुदेखि नै भनिरहेका छौँ‚ यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्त्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ । त्यहीँअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ ।’

सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । स्थानीय तह निर्वाचनको तयारीमा आयोग र राजनीतिक दलहरू जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस