१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस माओवादीमय बन्ने भएपछि ठुला षड्यन्त्र मच्चाइयो : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेस माओ‌वादीमय बन्ने भएपछि शान्ति सम्झौताको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठुला षड्यन्त्र भएको दाबी गरेका छन् ।

दाहालकै निवासमा आज (बिहीबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसको मुद्दा र मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चलेको बेला माओवादीलाई रोक्न ठुला षड्यन्त्र भएको दाबी गरेका हुन् ।

मधेसको मुद्दालाई मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चल्दै थियो । यसलाई रोक्नका लागि निकै ठुला षड्यन्त्रहरु भए । राष्ट्रिय स्तरबाट मात्रै होइन अन्तर्राष्ट्रिय स्तरबाटै भए, दाहालले भने, मधेस माओवादीमय भयो भने नेपाल नै माओवादीमय हुन्छ र यसलाई कसैले रोक्नै सक्दैन भनेर निकै ठुलो भयानक हत्याकाण्ड मच्चाइयो । रुपन्देही कपिलवस्तुमा पनि भए । माओवादीले केही गर्न सक्दैन भनेर राजनीतिक रूपमा ठुलै भ्रम फैलाइए । विदेशी शक्तिले बनाइदिए त्यस्ता पार्टी । नेपाली र मधेसी जनताले बनाएको पार्टी पनि हैनन् तिनी । अर्कैको डिजाइनमा बन्यो तर भनियो मधेसको मसिहा हामी नै हो ।’

अध्यक्ष दाहालले मधेसको मसिहा भन्ने पार्टी नै अहिले गणतन्त्र, सङ्घीयता, पहिचान विरोधी भएर निस्किएको बताए । उनले त्यस्ता पार्टीहरु केपी ओलीसँग साँठगाँठ गर्न पुगेको पनि बताए ।

अध्यक्ष दाहालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, पहिचान र अधिकार स्थापित गर्ने सवालमा माओवादी आन्दोलन र माओवादी नेताको निर्णायक भूमिका भएपनि देशका प्रतिक्रियावादी पुराना शासकहरुलाई स्वीकार्य नभएपछि षड्यन्त्रहरु भएको बताए ।

उनले अब लुम्बिनी र मधेस प्रदेश माओवादीमय हुने दाबी समेत गरे । त्यस क्रममा दाहालले रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस