१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यथास्थितिमा एमसिसीको समर्थन गर्न सकिन्न : माधव नेपाल

अ+ अ-

वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसीको समर्थन गर्न नसकिने बताएका छन् ।

आज (शुक्रबार) बिहान वीरगन्जमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमसिसीका केही बुँदामा प्रस्टीकरण आवश्यक रहेको खुलाए ।

‘एमसिसीमा कतिपय कुराहरु मिलाउनु पर्ने छ,’ अध्यक्ष नेपालले भने, ‘जनमत एमसिसीको विपक्षमा छ । जनमतलाई पनि हामीले कसरी आश्वस्त बनाउने, यो एउटा ठुलो चुनौती छ । अझ यसलाई सार्न पाए राम्रो । छलफल गर्न समय पनि पाइन्छ । गहिरो गरी अध्ययन गर्न समय पाइन्छ ।’ यसको बारेमा कतिपय भए/नभएको जुन प्रचार भइरहेको छ । त्यसमा प्रस्ट पार्न आवश्यक रहेको उनले बताए ।

‘हामी यसको अझै अध्ययन गरिरहेका छौँ । अध्ययन गरी के अडान लिने भन्ने बारेमा टुङ्गो लगाउँछौँ, अध्यक्ष नेपालले भने, ‘अहिले यति मात्र भन्न सकिन्छ, जस्तो छ, यथास्थितिमा आँखा चिम्लेर समर्थन गर्न सकिँदैन ।’ आफूहरु कुनै सैन्य गठबन्धनमा सामेल नहुने, सुरक्षा रणनीतिको अङ्ग नबन्ने र नेपालको भूमिमा कसैको स्वामित्व र सार्वभौम अधिकार नसुम्पिने मान्यताका साथ अगाडि बढ्ने चाहिरहेको अध्यक्ष नेपालले बताए ।

‘एमसिसी इन्डो प्यासेफिकको अङ्ग हो कि हैन ?, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ?, योजना निर्माणको क्रममा लाग्ने श्रमशक्ति नेपालीले हक रुपमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?, त्यसको लेखा परीक्षणको हक नेपालले प्राप्त गर्छ कि गर्दैन ? लगायतका प्रश्नहरुको हामीले समुचित जवाफ खोजिरहेका छौँ,’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमसिसीमा जनमत विभाजित छ । पार्टीहरु पनि विभाजित छन् ।’

चुनावी प्रसङ्गमा अध्यक्ष नेपालले ५ दलको सत्तारुढ गठबन्धन अगामी चुनावमा एकताबद्ध भएर जानु पर्छ भन्ने मान्यतामा रहेको खुलाए । ‘कसैले भोलि मत फेर्‍यो भने त्यो पार्टीको मत फेरिएला,’ अध्यक्ष नेपालले भने, ‘तर, अहिलेसम्मको सहमति के हो भने गठबन्धनका पार्टीहरु मिलेर चुनावमा जाने ।’

प्रतिक्रिया दिनुहोस