८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवघाटमा साझेदारी लगानीमा वडा भवन निर्माण

कार्यालय भवन
अ+ अ-

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ ।

जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो ।

स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए ।

स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए ।

वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गर्दै आइएको छ । उनले भने, ‘विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ ।’

साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० वटा दुर्गम वडा गाँभेर हालको देवघाट–२ नं वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ ।

उनले भने, ‘सेवा लिन आउने सेवाग्राहीले एक दिन नै बिताउनुपर्ने बाध्यता रहेको छ ।’ वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ । हाल वडाको कामकाज सोलारपावर जडान गरी सञ्चालन गर्दै आइएको वडाध्यक्ष आलेले बताए ।

वडाका सबै क्षेत्रका बासिन्दालाई मध्यबिन्दु पर्ने गरी वडा कार्यालय स्थापना गरिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले सेवा लिन कठिनाइ भोग्नुपरेको छ ।

सबै क्षेत्रमा सडक सञ्जाल नपुगेकाले कम्तीमा चार घण्टादेखि साढे पाँच घण्टासम्म हिँडेर वडामा आएर सेवा लिनुपर्ने दयनीय अवस्था छ ।

प्रतिक्रिया दिनुहोस