७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीका राजदूतद्वारा कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

अ+ अ-

काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत डा. थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गरेका छन् ।

नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।

सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोगअन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सवलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

उनले बाल चिकित्सालाई सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताए ।

नेपालमेड इभि जर्मनीका अध्यक्ष डा आर्ने ड्रिउजले सो संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानवसंशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजाने बताए ।

फेक्ट नेपालका अध्यक्ष डा. भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रमा कार्यरत नागरिकको पहलमा स्थापित नेपालमेड संस्थाले २०७२ सालको महाभूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको बताए ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपालमेड संस्थाले नागरिकस्तरबाट कीर्तिपुरको स्वास्थ्य, शिक्षाका क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक ढाँचामा सञ्चालन गरिएको कीर्तिपुर अस्पतालले छोटो समयमै विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएको जनाउँदै बाल चिकित्सा वार्डको निर्माणले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेपालमेडको सहयोगमा कार्यान्वयन गरिएका विभिन्न स्वास्थ्य परियोजनाका बारेमा जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस