११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले बैठक : खाली कागजमा हस्ताक्षर गर्न पाँच सांसदद्वारा अस्वीकार

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज (सोमबार) बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

चार वटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो । के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन, झपट रावलले बताए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए । उनले न्यायाधीशहरूलाई महाभियोग लगाउने लगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए ।

सांसदहरूले भने प्रतिशोधको राजनीति गर्न नहुने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । झपट रावलले भने, मैले प्रस्ट के भनेको छु भन्दा प्रतिशोधको राजनीति गर्ने होइन । महाभियोगको सट्टा महाभियोग होइन । जनताका बीचमा गएर जे भन्नुपर्ने हो भन्ने हो । हामी अनिर्णयको बन्दी बन्ने होइन । जनताले सुन्ने, बुझ्ने र अनुभूति गर्ने गरी हामी जाने हो ।

खाली कागजमा हस्ताक्षर गर्ने मध्येका सांसदहरू कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मोहन बानियाँ, विमला विकलगायतले पनि प्रतिशोधको राजनीति नगर्ने नेतृत्वलाई भनेका थिए ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीको पक्षमा लामो समयदेखि लाग्दै आएका सांसद महेश बस्नेतले भने सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए । उनले न्यायाधीशविरुद्ध होइन सभामुखविरुद्ध लाग्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस